सावुन बनाउने ७ दिने तालिम सञ्चालन
उत्तमकुमार थापा
दुर्गाथली गाउँपालिकाको उद्योग विकास शाखाको आयोजनामा आज गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गतको दुर्गाथली गाउँपालीकाकाे वडा वडा नम्बर ३ मा सावुन सम्वन्धी तालिम सञ्चालन गरिएकाे छ ।

गाउँपालीकाकाे ३ नम्बर वडामा तालिमको उद्घघाटन गरिएको हाे । स्थानीय कञ्चाप्रदार्थबाट बनाउन सकिने भन्दै,चिउरी रिठा जस्ता बनस्पति बाट बनेको प्रदिप खड्काले बताए । पालिकाका सबै वडाहरुमा बेरोजगार विपन्न महिलाहरुलाइ आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको हो ।

पछिल्लो समयमा स्थानीय स्तरमा रहेका बेरोजगार युवा,दलित,महिला तथा विपन्न व्यक्तिहरुलाइ विभिन्न किसिमका सीप विकास तालिमहरु दिदैरहेको भनी दुर्गाथली गाउँपालीकाका उद्यम विकास सहजकर्ता प्रदिप कुमार खड्काले बताउनु भयाे । उत्त तालिम समापनकार्यक्रमको अध्यक्षता वडा नम्बर ३ का वडा अध्यक्ष रमेश बहादुर बोहराले गर्नु भएको थियो, भने प्रमुख अतिथि दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का निबर्तमान वडा अध्यक्ष महेश प्रसाद जोशी रहनु भएको थियो । अतिथिमा दुर्गाथली गाउँपालिका उधम बिकास सहजकर्ता रबिन्द्र बहादुर जेठारा रहनु भएको थियो । जसमा तालिमका प्रशिक्षक गजेन्द्र खत्री रहनु भएको थियो ।

उत्तम कुमार थापा (काजी) सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला ब्यूरो प्रमुख तथा संवाददाता हुनुहुन्छ । उहाँ समाजका हरेक कुराको लागि आवाज उठाउनु हुन्छ र समाजका अन्याय अत्याचार विरुद्ध कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८६५७७०५३३
