थलारामा निःशुल्क आँखा सल्यक्रिया शिविर सम्पन्न

बझाङको थलारा गाउँपालिकामा आँखाका बिरामीहरूका लागि आयोजना गरिएको निःशुल्क आँखा सल्यक्रिया शिविर सम्पन्न भएको छ ।
थलारा गाउँपालिका र चारिटी हेल्थ फाउन्डेसन नेपालको आयोजनामा फागुन २८ गतेदेखि थलारा माध्यमिक विद्यालयमा सुरु भएको निःशुल्क आँखा सल्यक्रिया शिविर मंगलबार आज सम्पन्न भएको हो ।

पालिकाभरिका मोति विन्दु तथा अन्य आँखामा समस्या भएका बिरामीलाई लक्ष्यित गरि आयोजना गरिएको उक्त शिविरबाट ६८ जना बिरामीले निःशुल्क आँखा सल्यक्रिया अप्रेसन सेवा लिएका छन् ।
ती मध्य ६४ जना मोतिबिन्दु भएका र ४ जना आँखामा मासु पलाएका आँखाका बिरामीको अप्रेसन गरिएको हो ।

आँखामा मोति बिन्दु भएका तर आर्थिक अवस्था कमजोर भएर उपचार तथा अप्रेसनको पहुँचमा पुग्न नसकेको आँखाका बिरामीलाई सेवा दिनका लागि शिविरको आयोजना गरिएको थलारा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर ओलीले जानकारी दिनुभएको छ ।

टाढाबाट सेवा लिन आउने बिरामीले सास्ती भोग्नुपर्ने र खर्च लाग्ने भन्दै पालिकाले उनीहरूका लागि ओहोरदोहोर गर्न आवश्यक यातायात तथा खर्चको व्यवस्था समेत गरेको थियोे । पालिकाले निःशुल्क आँखाको अप्रेसन तथा यातायातको समेत व्यवस्था गरि दिएपछि खर्चको अभावले सेवा लिनबाट छुट्ने बिरामीले पनि सेवा लिनपाएपछि सेवाग्राही हर्षित भएका छन् ।

आँखा सल्यक्रिया अप्रेसन सेवा चारिटी हेल्थ फाउन्डेसन नेपालका नेत्र विशेषज्ञ डाक्टर विद्या प्रसार पन्तको टिमले दिएको थियोे ।
पालिकाले नेत्र विशेषज्ञ टिमलाई आवतजावतका लागि इन्धन खर्चका साथै आवास र खाना खर्चको पनि व्यवस्थापन गरेको स्वास्थ्य प्रमुख आलीले बताउनुभएको छ ।

शिविर समापन कार्यक्रम थलारा गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीको अध्यक्षतामा भएको थियोे ,, भने प्रमुख अतिथि नेत्र विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त रहनु भएको थियोे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित , लेखा अधिकृत दिपकराज पाण्डे, निवर्तमान गाउँपालिका उपाध्यक्ष गंगु देवी खडायत, र थलारा माध्यमिक विद्यालयका प्रधानाध्यापक शेरबहादुर चौहान अतिथि रहनु भएको थियोे ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240