जिल्ला अदालत तनहुँले दियो पल शाहलाई सफाइ

जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको अदालतको वेबसाइटमा उल्लेख छ।

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो।

नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक-पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो।

पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएको थियो।

नवलपुर अदालतले उनलाई बलात्कार मुद्दाबाट सफाइ दिएपनि बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सुनाएको थियो।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240