भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु

पछिल्लो समय बर्खामासमा पहाडि जिल्लामा भिरबाट खसेर ज्यान गुमाउनेको संख्या बढ्दै गईरहेको छ । यहि असार २५ गते फेरि बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. ५ डिलगाउँकि ३४ बर्षिया विद्यादेवी जोशीको यहि असार २५ गते बेलुका घर नजिकैको छतुलेकबाट घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

मृतकको तस्वीर

जोशी बिहानै खेतबारीमा काम गर्न गएकि थिइन । साझँ लेकबाट घर फर्किदै गर्दा हिउँलाखाली भन्ने भिरबाट करिब १५० मिटर तल खसेर घटनास्थलमै ज्यान गएको स्थानिय जानकारी दिनुभयो।
मृतकका एउटा छोरा मात्र छन्, श्रिमानको भने पहिलेनै मृत्यु भइसकेको बताइएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240