बझाङ परिवर्तनका लागि एन महरको विकल्प छैन – युवा समाजसेवी म्याक्स क्षत्री

नेपाली राजनीतिले रुचाएको एउटा भाष्य छ, युवा नेता । उमेरले डाँडा काटेको किन नहोस् उनीहरूको नाम अघिल्तिर जोडिने विशेषण हो यो । त्यसैले त हामीकहाँ कतिपय नेतालाई सम्बोधन गर्दा भनिन्छ, ‘युवा नेता फलानो ।’ तर, यसपालिको बझाङ प्रतिनिधि सभाको निर्वाचनले युवा नेताको व्याकरण सच्याइदिएको छ । बझाङको नेतृत्वका लागि साँच्चै नै युवापंक्ति उभिएका छन् र प्रतिनिधि सभाको परिदृश्य केही फेरबदल गरिदिएका छन् । ‘राजनीति भनेको फोहोरी खेल हो’ भन्ने पुस्तामा बेग्लै उत्साह अनि उमंग संचार गराइदिएका छन् ।

‘परिवर्तन’ खोजिरहेका आम युवाको भावनाको कदर भएको छ । बझाङमा ऐन महर प्रतिनिधि सभाको उम्मेदवारीमा चुनावी मैदानमा उत्रिएपछि बझाङका जनताहरु उत्साहित भएका छन् ।

उमेरले झन्डै ४० वर्ष वर्ष प्रवेश गरेका ऐन महर नेपालका विद्यार्थीको लोकप्रिय संगठन अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् ।

विभिन्न घटना घट्दा उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको पनि छवि बनाएका महर एक प्रखर व्यक्ति हुन् ।

बझाङमा उनको उम्मेदवारी संगसंगै पुराना राजनीतिक दलको धङधङी समेत तोडेका छन् । महरले यो उमेरमै उम्मेदवारी दिँदा बझाङका अधिकांश युवा हर्षित मात्र होइनन् अहिले महरलाई युवाहरुको साथ अधिक रहेको छ ।
महर एक कुशल प्रखर वक्ता मात्र नभइ उनमा जोश-जाँगर, भिजन र मिसन छर्लङ्ग देखिन्छ ।

U

करिब २ दशक लामो समय देखि विद्यार्थीहरुको आवाज बोल्दै विद्यार्थीहरुका हकहितका लागि विभिन्न मुद्दा उठाएर आन्दोलन गरिरहेका थिए उनी । कहिले विद्यार्थीहरुले चर्को शुल्क तिर्नु परेको बारेमा त कहिले शैक्षिक माफियाको बारेमा भएका विकृतिको, कहिले डिग्रीको सर्टिफिकेट बोकेर बिदेशिने विद्यार्थीहरुको बारेमा महरले निरन्तर आवाज उठाइरहे ।

उनी विद्यार्थीहरुका समस्यालाई पन्छाउनका लागि एक्लै भए पनि लडिरहे, आन्दोलन गरिरहे ।

यहाँसम्म आइपुग्न महरले निकै संघर्ष गरेका छन् । सधैं प्रश्न गर्ने ठाउँबाट आज उनी उत्तर दिने ठाउँमा जानको लागि उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् । बझाङको समग्र विकासका लागि ऐन महरको विकल्प देखिदैन ।

लेख
युवा/समाजसेवी
म्याक्स क्षत्री
बुंगल नगरपालिका बझाङ

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240