अझै कतिसम्म वर्षा छ सुदूरपश्चिममा ?

सुदूरपश्चिम प्रदेशमा हिजो (बुधबार) रातिदेखि लगातार वर्षा भइरहेको छ। सुदूर तराइ तथा पहाडका विभिन्न ठाउँहरुमा वर्षा भइरहेको हो। मौसमविद्का अनुसार अझै सुदूरपश्चिममा एक हप्तासम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। प्रदेशभर मनसुन प्रणाली सक्रिय रहेकाले प्रदेशमा धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। 

Generator

गत वर्ष झै यो वर्ष पनि सुदूरपश्चिम प्रदेशभर दसैंको समयमा वर्षा भइरहेको हो। मनसुनी वर्षाको प्रणाली विकास भएकाले सुदूरपश्चिमसहित देशका अन्य भागमा पनि वर्ष भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, बिहीबारको वर्षाले अहिलेसम्म कैलालीमा भने कुनै क्षति नभएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। 

‘हामीले सबै स्थानीय तहमा सतर्क रहन पत्राचार गरेका थियौं,’ उनले भने, ‘हामी सबै स्थानीय तहको सम्पर्कमा छौ। अहिलेसम्म वर्षका कारण कुनै पनि क्षति भएको खबर आएको छैन।’ सुदूरपश्चिमका तराई तथा पहाडी जिल्लामा अझै एक हप्तासम्म वर्षा हुने प्रणाली विकास भएको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको दाबी छ। (दिनेश खबरबाट)

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240