बझाङमा NCC तालिमका लागि सुनिकाेटमा छनाेट प्रक्रिया सुरु
बझाङ जिल्लाकाे तलकाेट गाउँपालीका वडा नम्बर १ सुनिकाेटमा तालिमका लागि विद्यार्थीहरु छनाेट प्रक्रिया अगाडि बढाएको छ ।
जिल्लाकाे तलकाेट गाउँपालीकामा रहेको सुनिकाेट माध्यामिक विद्यालय NCC मा छनाेट भए सँगै आज बाट विद्यार्थीहरुलाई तालिमको लागि छनाेट प्रक्रिया अगाडि बढाएकाे विरभद्रजङ्ग गुल्म पानकाेट व्यारेकले जनाएको छ ।

तालिम राष्ट्रिय सेवा दल ऐन २०२७ अनुसार अहिले काम गरिरहनु भएको NCC ले समाजको हितमा मात्र नभएर राष्ट्र र राष्ट्रियताकाे खातिर काम गर्ने गुल्मपती माधव खड्काले बताउनुभयो । विरभद्रजङ्ग गुल्म व्यारेकका मेजर खड्काले अभिभावक सहित विद्यार्थीहरुलाई प्रशिक्षण दिनु भएको हाे । नेपाली सेनाले दिने तालिमले सबै हर्षित भएको अभिभावकहरुकाे भनाइ थियाे ।

कक्षा ८ देखि १० कक्षा सम्मका विद्यार्थीहरु सहभागी हुन पाउने छनाेट प्रक्रियामा हाईट, ताैल , छाति मेडिकल सहित विद्यार्थीकाे शारीरिक चेकजाँच गरिएको हाे । सुनिकाेट माध्यमिक विद्यालयमा सञ्चालन हुने तालिममा १८ जना छात्रा १८ जना छात्र गरि जम्मा ३६ जना सहभागी हुने छन । नेपाली सेनाले NCC सम्वन्धि यस बर्ष ७७ सय बढी लाई तालिम दिने भएको छ । प्रशिक्षणमा ६६ हजार बढीले तालिम लिईसकेकाे पाईन्छ । सुनिकाेटमा छनाेट भएका विद्यार्थीलाई NCC सम्वन्धि साउन १ गते देखि तालिम सञ्चालन हुने विरभद्रजङ्ग गुल्मले जनाएको छ ।


उत्तम कुमार थापा (काजी) सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला ब्यूरो प्रमुख तथा संवाददाता हुनुहुन्छ । उहाँ समाजका हरेक कुराको लागि आवाज उठाउनु हुन्छ र समाजका अन्याय अत्याचार विरुद्ध कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८६५७७०५३३
