बेमौसमी तरकारी खेति सम्वन्धि तालिम सम्पन्न
जिल्लामा रहेको विरभद्रजङ्ग गुल्म पानकाेटमा बेमौसमी तरकारी खेति सम्वन्धि तालिम सम्पन्न भएको छ ।

तरकारीमा आत्मनिर्भर हुनुपर्छ भन्दै सहिद बृशबहादुर सिँह बहुप्राविक शिक्षालय अठाला नाैँराकाे आयाेजनामा ६५ दिने तरकारी खेती सम्वन्धि तालिम सञ्चालन गरिएको हाे । तालिममा नेपाली सेनालाई आफै उत्पादन गर्दै ताजा खानु पर्छ भन्ने शन्दर्भमा गुल्ममा तालिम सञ्चालन गरिएको सहिद बृश बहादुर सिँह शिक्षालयका प्रमुख असल सुनुवारले बताउनु भयाे ।

६५ दिने तालिम विरभद्रजङ्ग गुल्म पडेसमा सञ्चालन भएको थियाे । जसमा नेपाली सेनालाई तालिम दिएकाे भएता पनि यसले जमाजमा राम्रो कामको सृजना भएको मेजर माधव खड्काले बताउनु भयाे । रैथाने बालिकाे सृजना गर्दै घरघरमा र सँघसस्थामा आफै ताजा तरकारी लगाएर खान पाउनु र यसरी व्यारेकमा तालिम दिएकोमा आफू निकै खुसि भएको मेजर खड्काले बताए ।

समापन कार्यक्रममा बझाङका सहायक प्रमुख जिल्ला अधिकारी,कृषि ज्ञानकेन्द्रका प्रमुख सहिद बृश बहादुर सिँह बहुप्राविक शिक्षालयका प्रमुख सहितको उपस्थितिमा तालिमको समापन गरिएको हाे । शिक्षालयले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेकाे छ । केही समय अगाडि जिल्ला समन्वयमा रैथाने बालिकाे प्रवधनका लागि महत्सव सहित लगाएकाे थियाे ।


उत्तम कुमार थापा (काजी) सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला ब्यूरो प्रमुख तथा संवाददाता हुनुहुन्छ । उहाँ समाजका हरेक कुराको लागि आवाज उठाउनु हुन्छ र समाजका अन्याय अत्याचार विरुद्ध कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८६५७७०५३३
