राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा कैलालि ले १८ औं स्थापना दिवस मनाएको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा कैलालि ले १८ औं स्थापना दिवस मनाएको छ । आज स्थापना भएको अवसरमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ जिल्ला शाखा कैलालि ले अत्तरिया को रेडक्रस भवन मा रक्तदान कार्यक्रम गर्दै भब्यताकासाथ सफल पारेको अधक्ष्य जयकला रावल ले बताउनु भयो । वहाँ ले भन्नु भयो अहिले गर्मि को समय मा रगत को माग बढिरहेको तर रक्त दाता हरु घटेको ले बिरामि हरु लाई केहि हद सम्म सजिलो होस भनेर कार्यक्रम गरिएको बताउनु भयो ।

उक्त कार्यक्रम मा ३४ जना ले रक्तदान गरिएको सह सचिब बिज्ञान भट्ट ले जानकारि दिनु भयो साथै सबै लाई रक्तदान गरेर सामजिक कार्य गर्न नि अनुरोध गर्नु भयो ।

जयकला रावल को अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ केन्दृय कमिटि प्रचार तथा प्रकाशन बिभाग सदस्य तथा सु.प फोकल सँयोजक माहाओम राज जोशि , सुदुरपस्चिम प्रदेश कमिटि का अधक्ष्य तप्त भन्डारि , केन्दृय सदस्य तथा केलालि इन्चार्ज इश्वरि भुसाल , भरत खाति , लगाएतको ब्यक्ति हरु को सहभागिता रहेको थियो । साथै बिभिन्न जिल्ला हरु मा नि आज १८ औँ स्थापना दिवस को अवसर पारेर सबै ठाँउ मा कार्यक्रम सफलता पुर्वक सम्मन्न गरेको राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ केन्दृय कमिटि प्रचार तथा प्रकाशन बिभाग सदस्य तथा सु प फोकल सँयोजक माहा ओ म राज जोशि ले जानकारि गराउनु भयो । साथै वहाँ ले आँउदा दिन हरु मा नि यस्तै कार्यक्रम गर्दै जाने बताउनु भयो ।



सूचना: kamanatoday.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।
