उच्च शिक्षा भनेको के हो, शिक्षामा विद्यार्थी संगठन को मुख्य भुमिका के रहन्छन् ?
सुनिल बहादुर भुल ( नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)
उच्च शिक्षा भनेको के हो, शिक्षामा विद्यार्थी संगठन को मुख्य भुमिका के रहन्छन्,आजको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यकता छ भन्ने कुरा थाहा न भएका संसदीय व्यवस्था भित्रका संगठनहरुका विद्यार्थी साथीहरुको चर्तिकलालाई अब आउने विद्यार्थी साथीहरुले चिर्नु पर्ने देखिन्छ।
नेपालमा हरेक क्याम्पसमा अध्ययनरत विद्यार्थी साथीहरुको मनसाय लाई बुझ्दा आज को २१ औं शताब्दी सम्म पुग्दा पनि ती दलाल संसदीय व्यवस्था भित्रका विद्यार्थी संगठन को सोच भने पुरानो अर्थात खिया लागेको देखिन्छ,समाज देशलाई परिवर्तन गर्नु छ भने पहिले उच्च शिक्षा हासिल गर्ने क्याम्पसहरू मा अध्यनरत बिधार्थी साथीहरुको सोच नयाँ फराकिलो, वैज्ञानिक, व्यवहारिक हुन जरुरी छ जसले गर्दा त्यसको प्रतक्ष्य अप्रत्यक्ष रूपमा समाज र देशमा असर परोस्।
आजको शिक्षा प्रणाली न बुझेका, यो दलाल संसदीय भित्र को शिक्षा प्रणालीले बेरोजगार र विदेशमा अरूको भाडा माझ्न को लागि उत्पादन गरी रहेको कुरा सबैलाई अवगत नै रहेको छ । हामीले उच्च शिक्षा हालिस गर्नुको कुनै औचित्य न रहेको कुरा हामी भोगी रहेको छौं, कुनै पनि संसदीय व्यवस्था भित्र का पार्टी का भातृ विद्यार्थी संगठन लाई कुनै मतलब न रहेको र आफ्नो स्वार्थ पुरा गर्नलाई आफ्ना नजिकका आफन्तहरु लाई अगाडि बढाउने, समाज र देशको चिन्ता न लिने खालको परिदृश्य प्रष्ट देखिन्छ नत्र भने एउटा उदाहरण दिन चाहन्छु अहिलेको नेपाल को संविधान को भाग ३ को धारा ३१ मा रहेको शिक्षा सम्बन्धी कुरालाई आत्मसाथ गरेर किन अगाडि लगिएन भन्ने कुरा हो यो त एउटा उदाहरण मात्र हो अझ ती संगठन हरुले आफूलाई अरु भन्दा ठूला भन्ने ठान्छन् संख्यात्मक रूपमा ठूलो भएता पनि वैचारिक, राजनैतिक, सैदान्तिक रूपमा खस्केको छन् यो कुनै बनावटी कुरा पनि होइन यथार्थ कुरा हो।

त्यस्तै गरी, आज भोलिको उच्च शिक्षा हासिल गर्ने विद्यार्थी साथीहरुमा वैज्ञानिक सोच को विकास हुन जरुरी छ हामीले अध्ययन अनुसन्धान गरेर आजको शिक्षा कस्तो हुनु पर्छ हिजो को दिन को जस्तै बेरोजगार उत्पादन गर्ने शिक्षालाई अगाडि बढाउने की यसको विकल्पमा वैज्ञानिक खालको शिक्षा अर्थात व्यवहारिक शिक्षा लागू गराउने भन्ने कुरालाई गहन भयर यस विषयमा छलफल बहस गर्न जरुरी छ जसले गर्दा आउने पिडीहरुको भविष्य उज्ज्वल र बेरोजगार उत्पादन न होस् भन्ने हो, यसमा हामीले कसैलाई काखा कसैलाई पाखा बनाएर सोच्ने होइन, कुन संगठन कस्तो संगठन भन्ने कुरा नी गर्नु भयन हामीले निष्पक्ष रूपमा विद्यार्थीको मिहिनेत लाई अरूको देशमा पठाउने भन्दा आफ्नै देशमा आत्मनिर्भर बनाउने हिसाबले महत्वपूर्ण निर्णय गर्न जरुरी देखिन्छ।
अहिलेको संसदीय व्यवस्था भित्रका विद्यार्थी संगठनहरुमा आबद्ध साथीहरु को सोच कस्तो भने, नेपालको शिक्षा प्रणाली लाई मध्यनजर गरेर कहिले पनि छलफल न गर्ने, पार्टीले जस्तो भन्यो त्यस्तै गर्ने, विद्यार्थीहरुलाई नेपालमै आत्मनिर्भर बनाउन को लागि कुनै पनि खालको भुमिका न खेल्ने त्यस्तै गरी अहिलेको शिक्षा प्रणाली लाई नै अगाडि बढाउनु पर्छ अर्थात् बेरोजगार उत्पादन गर्नु पर्छ भन्ने छ उहाँहरूले यस कुरालाई मौखिक रूपमा न भने पनि व्यवहारिक रूपमा भने यस्तै भै रहेको छ र अर्को कुरा विद्यार्थीहरू मा हुनु पर्ने गुण पनि देखिँदैन हामीले देखें अनुसार उहाँ हरुको विचार कस्तो छ भन्दा झै झगडा गरेर आफूलाई कसरी अगाडि बढाउनु पर्छ आफू कसरी ठाउँमा पुग्नु पर्छ भन्ने छ शिक्षा लाई बेमतलव गरेर अहिलेका संसदीय व्यवस्था भित्रका विद्यार्थी संगठन हरु विद्यार्थी संगठन को नाम मा सोझा साझा विद्यार्थीहरू माथि खेलवाड गरी रहेको छन्।
माथि उल्लेखित विविध विषयको विकल्पमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी को भातृ संगठन अखिल (क्रान्तिकारी) ले मुख्य भूमिका खेली रहेको छ यस संगठन ले मुख्य भूमिका खेले पनि अन्ने संगठनका साथीहरुले न बुझी दिने यो दलाल संसदीय व्यवस्था भित्रका दलाल पार्टीहरुले न बुझी दिने गरी रहेको छ, यस संगठनले के भनेको छ भन्दा नेपालमा पुरानो शिक्षा प्रणाली हुनु हुँदैन हामीले नेपालमा वैज्ञानिक समाजवादी शिक्षा लागू गर्नु पर्छ भन्ने हो यसको अर्थ के हो भन्दा विद्यार्थीहरुलाई अहिले को जस्तो अव्यावहारिक शिक्षा होइन कि व्यवहारिक शिक्षा प्रणाली लागू गर्नु पर्छ भन्ने हो जसले गर्दा अहिलेको जुन खालको परिस्थिति सृजना भै रहेको छ जस्तै बेरोजगार,बिदेशीको दास हुनु आदि हो, अखिल(क्रान्तिकारी) ले अर्को कुरा के भनेको छ भन्दा हामीले श्रम गर्नु पर्छ श्रम गरेर आत्मनिर्भर बन्नु पर्छ हामीले खेतीपाती मा वैज्ञानिक तरिका बाट श्रम गरेर उत्पादनमा जोड दिनु पर्छ भन्ने हो अहिलेको शिक्षा भनेको त कस्तो भै दिएको छ भन्दा किताबी ज्ञानलाई मात्र अध्यान गर्ने जे छ त्यसमा अडिट रहेर मात्र शिक्षक हरुले अध्यान गराउने गरी रहेको छन् खासमा भन्नु पर्दा हाम्रो संगठनले के भनेको छ भन्दा उच्च शिक्षा भनेको त खोज अनुसन्धान गर्नु हो शिक्षा को विषयमा छलफल बहस गरेर शिक्षा लाई कसरी गुणस्तरीय बनाउने भन्ने कुरा उच्च शिक्षा हासिल गर्ने विद्यार्थी हरुले खोजिनीति गर्ने हो जसले गर्दा अहिलेको अवस्था भन्दा कयौं गुणा बढी लाब्दाएक, व्यवहारिक हुने गर्छ।
तसर्थ, हामीले भन्न खोजेको के हो भन्दा शिक्षा जस्तो संवेदनशील विषय लाई हचुवाको भरमा अगाडि बढाउने होइन कि यसमा सम्बन्धित निकायहरु जस्तै शिक्षा मन्त्रालय, विद्यार्थी संगठन हरु विश्व विद्यालय लगायत हरुले मुख्य भूमिका खेली हामीले चालेको शिक्षा क्षेत्रमा जुन पाइला छ अर्थात् वैज्ञानिक समाजवादी शिक्षा स्थापनाको कुरा छ यसमा सम्पूर्णलेई जोड दिएर हाम्रो नेपालको शिक्षा प्रणाली लाई मध्यनजर गरेर निशुल्क र व्यवहारिक बनाउन जरुरी छ त्यसको लागि सबैले आआफ्नो ठाउँबाट यस कुरालाई मनन गरेर काधमा काध मिलाएर शिक्षा जस्तो संवेदनशील कुरामा आमूल परिवर्तन गरेर आउने दिनहरूमा विद्यार्थीको भविष्य उज्ज्वल बनाउन को निमित्त महत्त्वपूर्ण भूमिका खेल्न को लागि सम्पूर्ण मा विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) ले चालेको वैज्ञानिक समाजवादी शिक्षा क्षेत्रको विषयमा छलफल बहस गरेर साथ सपोर्ट सहयोग गरेर तपाईंले एक पटक हाम्रो विचार हाम्रो उदेश्य के हो भन्ने विषयमा सबै जनाले बुझ्ने इच्छा प्रकट गरेर अबको आन्दोलन भनेको व्यवहारिक शिक्षा प्रणाली लागू गर्ने हेतुले कम्मर कसेर अगाडि बढौ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
