अनेरास्ववियुको २३औं महाधिवेशनबाट केन्द्रिय समितिमा बझाङ जिल्लाबाट ७ जना निर्वाचित
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)को २३औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा बझाङ जिल्लाबाट सात जना निर्वाचित भएका छन् । जसमा चार जना स्थायी समिति सदस्य र तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
शुक्रबार सम्पन्न निर्वाचनमा बझाङबाट जयपृथ्वी नगरपालिका–७ स्थायी ठेगाना भएका अमित महर स्थायी कमिटी सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै स्थायी कमिटी सदस्यमा दुर्गाथली गाउँपालिकाका सदस्य कमल जोशी, बुंगल नगरपालिकाका आरबिक्रम ओखेडा निर्वाचित भएका हुन् ।
केन्द्रीय सदस्यमा जयपृथ्वी नगरपालिका–११ का स्थायी ठेगाना भएका निवर्तमान अनेरास्ववियूका बझाङ अध्यक्ष दिलबहादुर खाती, बुंगल नगरपालिकाकी भूमिका कुँवर, खप्तडछान्ना गाउँपालिका(६ पाटादेवलका उज्ज्वल खड्का र तलकोट गाउँपालिकाकी सर्मिला भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

निर्वाचित भएका सम्पूर्ण सदस्य तथा पदाधिकारीलाई पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नै पार्टी केन्द्रीय कार्यालयमा सपथ ग्रहण गराएका थिए । अनेरास्ववियुको २३ औं महाधिवेशनबाट काभ्रेको रोसी गाउँपालिका–९ स्थायी ठेगाना भएका समिक वडाल अध्यक्ष, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ति, मर्यादा विष्ट निर्वाचित भएका छन् । संगठनको महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन् भने सचिवमा सञ्जिव धिताल, डा. सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईं, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका हुन् ।
कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन् । अधिवेशनमा एक हजार ५१७ जनाले मतदान गरेका थिए । महाधिवेशनले आगामी २ वर्षका लागि १७ पदाधिकारी सहित १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । (तेस्रो धुब्रबाट )

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
