बरु प्रेममा पागल भई भट्टीमा पुगियो, घर नजिकै पुलिसठाना याद गरिएन

ठानेर आफ्ना बिराना याद गरिएन
उनको नाम र ठेगाना याद गरिएन

बरु प्रेममा पागल भई भट्टीमा पुगियो
घर नजिकै पुलिसठाना याद गरिएन

उसको हर चाहानाको भारी बोकियो
आफ्नो इच्छा चाहाना याद गरिएन

जसले छोडेर गएथ्यो उहि खोज्दै आयो
आज बदलिएछ जमाना याद गरिएन

फोहोर सम्झेर आगोमा जलाइदिए छु
त्यो पत्र लेखिएको पाना याद गरिएन

© तेज पुरुष

तेज पुरुष हाल बझाङ जिल्ला प्रशासन कार्यालयमा कार्यरत हुनुहुन्छ । उहाँ हरेक विषयमा साहित्य मार्फत कलम चलाउनुहुन्छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240