बझाङमा जलवायु मैत्री कृषक पाठशाला सञ्चालनका लागि अनतरक्रीया कार्यक्रम सम्पन्न

जलवायु मैत्री कृषक पाठशाला सञ्चालनका लागि अनतरक्रीया कार्यक्रम सम्पन्न

बझाङमा जलवायु मैत्री कृषक पाठशाला सञ्चालनका लागि १ दिने अनतरक्रीया कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।

जिल्लाको केदारस्यू गाउँपालिका वार्ड नम्बर ३ भाँडिकोट भन्ने ठाउँमा सो कार्यक्रम सम्पन्न भएको हो ।

world vision, दलित सहयोग समाज बझाङ , कृषी ज्ञान केन्द्र बझाङ तथा केदारस्यूँ गाउँपालिकाको समन्वय तथा सहयोगमा भएको सो कार्यक्रममा केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेश बोहरा, कृषी ज्ञान केन्द्र प्रमुख टेक बहादुर बिष्ट, दलित सहयोग समाज बझाङका अध्यक्ष मोहनलाल बिक , दलित सहयोग समाज बझाङका कार्यकारी निर्देशक सुनिल दमाइँ, पोषण तथा उत्थानशिल जिविकोपार्जन प्रोजेक्ट कोडिनेटर कुबेन्द्र रोकाया, केदारस्युँ गा.पा वार्ड नम्बर दुइका वडाध्यक्ष शेर बहादुर बिष्ट, वार्ड नम्बर तिनका अध्यक्ष वीर बहादुर खाती, थुप्रै कृषक, कृषक समूह तथा स्थानिय जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्टले भन्नुभयो “नेपालमा एकातिर रासायनिक विषादी मापदण्ड विपरित प्रयोग भई ८५% माटो बिरामी भइसकेको छ भने अर्कोतिर जलवायु परिवर्तन भइसकेको अवस्था रहेको पाइन्छ । वातावरणीय प्रभावले जल जमीन जंगल जनावर लगायत मानवमा नकारात्मक असर पर्न थालेको छ । जमीनमा मित्र जीवको नाश र शत्रुजिवको बिगबिगी अत्यधिक बढेको कारण खाद्यान्न संकटलाई रोक्न जलवायुमैत्री कृषक पाठशाला अतिउत्तम उपाय भएकोले यो कार्यक्रम गरेको हो ।”
उहाँले कृषका लागि यो कार्यक्रम महत्त्वपूर्ण भएको बताउँदै थप्नुभयो “यताको बाली सबैको नजिकको साथि भनेको बर्खामा मकै र भटमास यसलाई हिट गर्न सक्नुपर्छ । पहिला हामी आलु आयात गर्थ्यौँ तर अहिले निर्यात गर्छौं । त्यसैले अझै आलु खेतिमा जोड दिउँ । मकै, काँक्रा, चैते धान सबैको बीउ हामि दिन्छौँ तपाईंले उचित तरिकाले कृषि पेशालाइ जोड दिनुस् ।”

कृषि ज्ञान केन्द्रका प्रमुख बिष्टले बाँदरले तरकारी सखाप पारे अहिले देशभरी कृषि बिमा निशुल्क छ, बिमा गर्न आग्रह सबै कृषक माझ गर्नुभयो । जंगली जनावर बाट हानी हुने ठाउँको बालिको बिमा गर्ने र जसकारण पछि क्षतिपूर्ति पाइने तर कुनै जंगली जनावरले सताएर रोजिरोटी नै बन्द हुने अवस्था भए सो क्षत्रका सरकार प्रमुख र सुरक्षा निकाय संग समन्वय गरि सो जंगली जनावरलाइ मार्न पाइन्छ तर मारेको वस्तुलाई मुचुल्का गरि त्यहीँ गाड्नुपर्छ भन्ने समेत बताउनु भयो ।

कार्यक्रममा बारे समिक्षा गर्दै दलित सहयोग समाज बझाङका अध्यक्ष मोहनलाल बिकले भन्नुभयो “यस कार्यक्रम मार्फत किसानले अर्गानिक खेती सम्बन्धी सबै ज्ञान प्राप्त गर्ने छन् र किसान बाट उद्धमी बन्ने प्रेणा मिल्नेछ । हामिले लगाएको तरकारी लाई नयाँ प्रबिधिमा कसरी लगाउने भन्ने विषयमा ज्ञान मिल्नेछ जसकारण कृषि पेशा व्यवसाय बन्न सक्नेछ । अतिविपन्न गरीब सीमान्तीकृत समुदायलाई समेटेर आधुनिक कृषी खेती गरी खाद्य संकट टार्ने योजना दलित सहयोग समाज बझाङको रहेको छ” ।

पुरानो प्रबिधि लाई नयाँ प्रबिधिमा कसरी ल्याउने , कृषकले उत्पादन गरेका उत्पादन वस्तुलाइ कसरि बजारीकरण गर्ने ? आधुनिक प्राबिधिक कृषि र पुरानो कृषिमा कति फरक छ ? पहिले कति फल्थ्यो र अहिले आधुनिक कृषिबाट कति उत्पादन हुन्छ यी सबै कुरा कृषकले यश कार्यक्रम बाट बुझ्ने अध्यक्ष बिक ले थप्नुभयो ।
दलित सहयोग समाज नेपालले बिगत १४ वर्षदेखी बझाङका विभिन्न स्थानिय तहहरुमा शान्ति निर्माण , दन्द रुपान्तरण, जिविको पार्जन, महिला शसक्तिकरण, परंरागत हानिकारक व्यवहार परिवर्तन, जलवायु प्रभावब अनुकूलता न्यूनीकरण, मानसिक स्वास्थ्य संबंधित तालिम आदि कामहरु गर्दै आइरहेको अध्यक्ष विकले बताउनु भयो ।

समयमा पानी नपर्ने तर परेपछि धेरै पर्ने गर्नाले जलवायु को असर प्रत्येक्ष कृषिमा धेरै परेको र यसलाई सामना कसरी गर्ने भन्ने बारे कुरा कुबेन्द्र रोकाया प्रोजेक्ट कोडिनेटर (पोषण तथा उत्थानशिल जिविकोपार्जन ) ले बताउनु भयो ।

हाते ट्याक्टरको ब्यबस्थापन भो भने र बाँदर ले लगाएको तरकारी वारि सखाप पार्ने भएकोले सकिन्छ भने यसलाई कसरी ब्यबस्थापन गर्ने सो कुरा ब्यबस्थापन भयो भने धेरै टेवा पुग्ने कृषकहरूले बताए ।

कृषी ज्ञान केन्द्र तथा अन्य संस्थाले सिकाएको सीप सिकेर , सिकेको सिपलाइ सदुपयोग गरे गाउँपालिकाले गर्नुपर्ने सहयोग सधैँ गर्ने कार्यक्रम मार्फत गाउँपालिका अध्यक्ष गणेश बोहराले बताउनुभयो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240