हात्तीको आक्रमणबाट घाईते ललु सार्कीको उपचारमा सहयोग गर्छौ बेलडाडी गाँउपालिका प्रमुख राना

कञ्चनपुुरको बेलडाँडी गाँउपालिका जनप्रतिनिधीले जंगली हात्तीको आक्रमणबाट घाईते भएकी महिला ललु सार्कीको अवस्था बारे जानकारी लिएका छन । शनिबार बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना, प्रवक्ता गज बहादुर विष्ट सहितका जनप्रतिनिधीले घाईते सार्कीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारार्थ घाईते सार्कीको स्वास्थ्य अवस्था बारे अस्पतालमै पुगेर बेलडाँडी गाउपालिका प्रमुख राना र प्रवक्ता विष्टले भेटघाट एव स्वास्थ्य अवस्था बारे जानकारी दिएका छन ।

बेलडाँडी गाँउपालिका १ लल्लरेडाँडाकी स्थानीय समेत रहेकी ललु सार्की आर्थिक अभावका कारण सार्कीको उपचारमा समस्या भएको विषय बाहिरिएपछि गाँउ प्रमुख राना, १ का वडाध्यक्ष समेत रहेका प्रवक्ता विष्ट अस्पतालकै आईसियू कक्षमै पुगेर घाईते, उनका परिवार एव स्वास्थ्यकमीसग भेटघाट गरेर स्वास्थ्य अवस्था बारे जानकारी दिएका छन । गाँउपालिका प्रमुखले हात्तीबाट घाईते ललु सार्कीको उपचारका लागि गाँउपालिकाका तर्फबाट आवश्यक सहयोगदेखि अन्य निकायबाट समेत पहल गर्ने बताएका छन । घाईते सार्कीका आफन्त परिवारका सदस्यसंग भेटघाट गरेर आफ्नो पालिकाकी स्थानीय बासिन्दा भएकाले नाताले उपचारका लागि सक्दो पहल गर्ने बताएका हुन ।

बेलडाँडी १ स्थायी ठेगाना भएपनि आरक्षपीडित सार्की लालझाडी गाँउपालिका ६ ढक्का शिबिरमा बस्दै आएकी थिईन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खरियो पुर्जी खोलेपछि सार्की खरियो काट्न जंगल गएकी थिईन ।

हालै स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएकी तोसिमा कार्कीले समेत अब कुनैपनि नेपाली आर्थिक अभावमा मर्नु पर्ने अवस्था अन्त्य गर्ने बताईरहेका बेला कञ्चनपुरकी महिला हात्तीबाट आक्रमण भएर मृत्युको मुखमा पुग्दा समेत चासो समेत नदिएकी छैनन । कञ्चनपुरमा हरेक महिना जंगली हात्तीले मानिस लगायत भौतिक अन्नबालीमा क्षति गर्न थालेपछि त्यसको रोकथामका लागि सरकारी निकाय उदाशिन रहेका छन । भने प्रयास समेत कागजमा सीमिति बन्दै गएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240