डाक्टर अर्यालको चिकित्सक संघको उपाध्यक्षमा समावेशी समूहबाट उम्मेदवारी

SPA

 

 कैलालीको धनगढीमा प्रदेशकै पहिलो नीजि क्षेत्रको अस्पताल खोलेर स्वास्थ्य क्षेत्रमा व्यवसायिक लगानी गर्दै स्वास्थ्य सेवामा सुधार ल्याउने एक चिकित्सक हुन डा. निरज अर्याल। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ मा जन्मिएका डा. अर्यालले महेन्द्रनगरको महेन्द्रनगर माध्यमिक विद्यालयबाट कक्षा दससम्मको अध्ययन पूरा गरेका हुन्।

विज्ञापन

Generator

यिनै डा.अर्याल पेशागत हकहितका लागि नेपाल चिकित्सक संघको निर्वाचनमा सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा उम्मेदवार बनेका छन्। सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा कार्यरत पुरानो अनुहार मध्ये डा. अर्याल पनि एक हुन्। वरिष्ठ रेडियोलोजिष्ट रहेका डा. अर्याल धनगढीको सेती प्रादेशिक अस्पतालमा कार्यरत छन्।

विज्ञापन

cp

१० बर्षसम्म काठमाडौंमा बसेर स्वास्थ्य सेवा प्रदान गरेका डा. अर्याल पढाइपछि २०७६ मा धनगढी फर्केका हुन् । सरकारी अस्पतालमा काम गर्न धनगढी पुगेका उनले २० बर्ष अघि नै धनगढीमा नवजीवन अस्पताल खोलेका थिए।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240