बझाङ पुगेर सागर ढकालले भेटे महरलाई
बझाङ पुगेर सागर ढकालले नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा बझाङ जिल्लाका सह–इन्चार्ज ऐन महरलाई भेटेका छन् । ढकाल र महरले बझाङको बुंगल नगरपालिकामा रहेको कालंगा हाइड्रो पावरमा भेटघाट गरेका हुन् ।

डडेलधुराबाट प्रतिनिधी सभा सदस्यमा पराजित भएका ढकालले बझाङबाट प्रतिनिधी सभा सदस्यमा पराजित भएका महरलाई भेट्न बझाङ पुगेको बताएका छन् ।
चुनावी अभियानकै क्रममा हजुरबुवा उमेरका नेताहरुलाई आराम दिनका लागि आफु चुनावमा होमिएको बताउने गरेका ढकालले महर संग भेटघाट गरेका हुन् ।

भेटघाटको क्रममा दुबै जनाले चुनावको अनुभव साटासाट गरेका छन् । ढकालले बझाङमा खोलानाला र पानीको स्रोत धेरै भएकाले हाइड्रोलाई प्रमोड गर्नका लागि महरसंग छलफल गर्न आएको र महर र आफ्नो उम्मेर र भावना मिल्ने भएकाले भेटघाट गरिएको बताए । साथै महर र ढकालले राप्रपाबाट प्रदेश सभा सदस्यमा पराजित विरेन्द्र मल्ल संग पनि भेटघाट गर्दै हाइड्राको विषयमा छलफल गरेका छन् ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
