पार्टिको बैठक बाहेक काठमाडौ जान्न, बझाङमै जनताका सुखदुखको सारथि बन्ने छु । – ऐन महर

SPA

बझाङः नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्ज ऐन महरले चुनाव हारे पनि जनताको मन जित्न सफल भएको बताएका छन्। उनी नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीसँग प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए।

विज्ञापन

Generator

चुनाव हारेपनि आफू जनताकै माझमा रहेको र आजबाट मतदातासँग भेट्घाट गरी धन्यवाद ज्ञापन कार्यक्रम सुरु गरिएको उनले बताए। ‘मतदातालाई भेटेर महरले चुनाव हारे पनि जनताको मन र राजनीति जितेको बताए। ‘एमालेलाई जिल्लामा अगाडि बढाउने थप जिम्मेवारी पनि मेरो काँधमा आएको छ,’ उनले भने। महरले अब बझाङमा नै बझाङका जनताको सुख दुखमस साथ दिएर बझाङका जनताका समस्याको सारथि बन्ने समेत भनेका छन् ।

´म काठमाडौ पार्टीको बैठक भए मात्र जान्छु,अब बझाङ्गमा बसेर घरघरमा गएर जनता को दुख सुखमा मलम लगाउने छु । नेता कार्यकर्ता भेटेर संगठन बनाउन्छु । अहिलेसम्म विद्यार्थीको नेतृत्व गरेँ अब देश र जनताको हितका लागि नेतृत्व गर्नेछु ।` उहाँले भन्नुभयो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240