२०७९ असार २९, बुधबार १३:०६
भूमिराज मावि दार्चुलाका शिक्षक दुई दिनदेखि बेपत्ता
दार्चुलाका एक शिक्षक बेपत्ता भएका छन्। प्रहरीका अनुसार जिल्लाको नौगाड गाउँपालिका(१ का ४९ वर्षीय शिक्षक हरकसिंह ठगुन्ना बेपत्ता भएका हुन्।

सोमबार साँझ गाउँ नजिकैको बिहेमा जान्छु भनी हिँडेका ठगुन्ना उतैबाट बेपत्ता भएका कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए। उनी भूमिराज मावि इयरकोटमा कार्यरत रहेको बताइएको छ। शिक्षक ठगुन्नाको प्रहरीले खोजी गरिरहेको बताएको छ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
